Tuesday, February 2, 2016

‘गणेशदत्त भट्ट स्मृति पुरस्कार’ थापालाई

बैतडी, १९ माघ । यस वर्षको ‘गणेशदत्त भट्ट स्मृति पत्रकारिता पुरस्कार’ सुदूरपश्चिमका पत्रकार चित्राङ्ग थापालाई प्रदान गरिने भएको छ ।

लामो समयदेखि क्रियाशीलरुपमा पत्रकारिता पेसा गरिरहेका पत्रकार थापा हाल कान्तिपुर दैनिकका सुदूरश्चिमका क्षेत्रीय प्रमुख हुनुहुन्छ ।

नेपाल पत्रकार महासङ्घ बैतडी शाखाका अध्यक्ष नरेन्द्रप्रसाद भट्टका पिताको नामले विसं २०७१ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १० हजार रहेको गणेशदत्त भट्ट स्मृति कोषले जनाएको छ ।

आज पत्रकार सम्मेलन गरी कोषले पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील थापालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, नेपाल पत्रकार महासङ्घ बैतडीका पूर्व अध्यक्ष राजेन्द्र नाथ र स्मृति कोषका एकजना गरी तीनजनाको छनोट समितिले उक्त पुरस्कारका लागि थापालाई सिफारिस गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts