Tuesday, February 2, 2016

जामुनेको दुर्घटनामा अठ्ठाइस घाइते

तनहुँ, १९ माघ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५४७३ नम्वरको यात्रुवाहक बस आज साँझ पृथ्वीराजमार्गअन्र्तगत जामुने गाविस–४ स्थित साठीमुरे भन्ने स्थानमा दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा पठाइएको, १३ जनाको दमौलीस्थित रत्नहरि अस्पताल र १० जना व्यास सिटी अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

उक्त वस ओभरटेक गर्ने क्रममा सडकबाट करिब १० मिटर तल खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts