Wednesday, February 17, 2016

काठमाडौँ काँग्रेसमा बानियाँ

काठमाडौँ, ५ फागुन । नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ ।

आज भृकुटीमण्डपमा सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको मतदान अधिकृत सर्वज्ञराज नायलेले जानकारी दिनुभयो । कुल खसेको एक हजार २२२ मतमध्ये बानियाँ ६५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी भीमसेनदास प्रधानले ५६५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, सचिव र कोषाध्यक्षमा बानियाँ समूहकै राजकुमार नकर्मी र गोविन्द पुडासैनी निर्वाचित हुुनुभएको छ । नकर्मीले ६६९ र पुडासैनीले ६४९ मत प्राप्त गर्नुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts