Tuesday, February 2, 2016

तीनजना चिनियाँ नागरिक जडीबुटीसहित पक्राउ

काठमाडौँ, १९ माघ । काठमाडौँबाट चीन जान लागेका तीनजना चिनियाँ नागरिकलाई जडीबुटी लुकाइछिपाइ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

एयर चाइनाको उडान नम्बर सिए ४०८ चीन जान लागेका राहदानी नम्बर ई. २७६४६९१४ वाहक वाङजियालन, राहदानी नम्बर जी ५७३९५१६६ वाहक झिआओमाओ झिया र राहदानी नम्बर जी ४११७८०३१ वाहक ताइपिङ वाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल्डब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा चेकजाँचका क्रममा सुटकेसभित्र प्लास्टिकको नौवटा प्याकेटभित्र जडीबुटीजस्तो देखिने स–साना लहरा करिब ६ केजी र चुरोटको दुईवटा बट्टाभित्र रक्तचन्दन जस्तो देखिने नौ थानमा रहेको काठको रातो टुक्रा दुई केजी ८८ ग्राम लुकाइछिपाइ लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, बढी मूल्यमा ग्यास बिक्री गर्ने काठमाडौँ कालोपुल बस्ने धु्रव मुनिकारलाई आज प्रहरीले पक्राउ गरेको छ ।

कालोपुलस्थित हीरारत्न हल अगाडि रहेको मुनिकारको मनकामना ग्यास डिपोबाट प्रति आधा सिलिन्डर एक हजार रुपैयाँमा बेचेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले डिपोबाट त्रिशूल ग्यास २३ थान, सागर ग्यास तीन थान र हिमाल ग्यास पाँच थानसहित पक्राउ गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts