काठमाडौँ, ४ चैत । नेपाली काँग्रेसको १३ औँ महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको जानकारी दिनुभयो । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको दुईदिनपछि बैठक बस्न लागेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सातजनालाई केन्द्रीय सदस्यका रुपमा मनोनयन गरेको घोषणा गर्नुभएको थियो । बैठकले उनीहरुको मनोनयनलाई अनुमोदन गर्ने बताइएको छ ।
काँग्रेस विधानअनुसार महाधिवेशनले पदाधिकारीसहित ६४ जनालाई निर्वाचित गरेको छ । महाविधेशनबाट सभापतिमा देउवासहित महामन्त्रीमा डा शशाङ्क कोइराला, कोषाध्यक्षमा सीतादेवी यादवसहित ६१ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । रासस
Thursday, March 17, 2016
काँग्रेस केस बैठक शुक्रबार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment