Thursday, March 17, 2016

पार्टीलाई एक ढिक्का बनाएर लैजानुुपर्छ– पौडेल

दमौली, ४ चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई अब गुट उपगुट नभई एक ढिक्का बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेता पौडेलले सिद्धान्त र निष्ठाका आधारमा पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
चुनावमा हारजित स्वाभाविक भएको भन्दै काँग्रेस नेता पौडेलले १३औँ महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबै कार्यकर्तालाई धन्यवाद दिनुभयो । नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई पनि आफूले सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिएको उहाँले बताउनुभयो ।

कावा सभापतिका रुपमा आफूले महाधिवेशनको जिम्मेवारी ऐतिहासिक रुपमै पूरा गरेको काँग्रेस नेता पौडेलको भनाइ थियो । “पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी म वहन गर्न तयार छु” नेता पौडेलले भन्नुभयो ।

काँग्रेसले प्रतिपक्षमै रहेर मुलुकभित्रको समस्या समाधान गर्न सशक्त भूमिका निर्वाह गर्ने बताउँदै काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला लगायतले महाधिवेशनले काँग्रेसभित्र एकताको सन्देश दिएको बताउनुभयो । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts