पोखरा, २२ फागुन । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले विचार र सिद्धान्तको हिसाबले अब सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा समेटिने विश्वास व्यक्त गर्नुभएको छ ।
एमाले कास्की क्षेत्र नं २ को प्रतिनिधि परिषद् बैठकले आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा छरिएका सबै कम्युनिष्ट पार्टीको नेतृत्व एमालेले गर्ने दाबी गर्नुभयो ।
नयाँ संविधानको रक्षा र कार्यान्वयनका लागि सबै पार्टीको गठबन्धन आवश्यक रहेको बताउँदै सचिव गुरुङले एमालेको नेतृत्वमा बनेको सरकारले अहिलेको असहज अवस्थालाई सहज बनाउँदै अगाडि बढाउने धारणा राख्नुभयो ।
एमाले कास्की क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा जगत विश्वकर्मा, सांसद चूडामणि जङ्गली, एमाले जिल्ला अध्यक्ष कृष्ण थापालगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment