सुरुङ्गा (झापा), २२ फागुन । उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ ।
रुद्र–गौरीश्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री मैनालीले यस्तो बताउनुभएको हो ।
संविधान जारी गरेर अस्तित्व खतराको ठूलो खड्को पार गरेको उल्लेख गर्दै उहाँले अब सबैले नेपाल फस्टाउने नीति लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
एक छुट्टै प्रसङ्गमा उपप्रधानमन्त्री मैनालीले सरकारले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित मन्त्रालय र विभागले नसकेको स्वीकार गर्दै नेपालको स्वतन्त्रताका लागि विविधीकरण गर्न सक्नुपर्नेमा उहाँको जोड थियो । रासस
No comments:
Post a Comment