काठमाडौ, १९ फागुन। नेपाली कांग्रेसको १३औं महाधिवेशनको भोलि काठमाण्डुमा उद्घाटन हुँदैछ ।
काठमाण्डुको खुलामञ्चमा हुने उद्घाटनको तयारीका लागि आज पदाधिकारीको बैठक बस्दैछ । साँझ बैठक बस्ने कांग्रेसले जनाएको छ । उद्घाटन समारोहमा सहभागि हुन विदेश पाहुना पनि आइसकेका छन् ।
केही पाहुना आज काठमाडौ आइपुग्ने कार्यक्रम रहेको छ । महाधिवेशनको बन्द सत्र फागुन २१ देखि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र हुनेछ । कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले फागुन २२ मा प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गर्ने र २३ मा निर्वाचन हुनेछ तालिका रहेको जानकारी दिनुभयो ।
यसपटक विद्युतीय प्रणालीअनुसार मतदान गर्ने योजना रहेपनि अन्तिम समयमा असफल भएको छ । सम्पूर्ण शीर्ष नेतासहित २ सय ४० वटै निर्वाचन क्षेत्र, विदेशस्थित सम्पर्क समितिहरुबाट आएकासमेत गरी करिब ३२ सय प्रतिनिधि बन्द सत्रमा सहभागी हुनेछन् ।
Tuesday, March 1, 2016
कांग्रेस महाधिवेसनको उद्घाटन खुलामञ्चमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
भोजपुर, १५ असार । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी ...
No comments:
Post a Comment