Tuesday, March 1, 2016

कांग्रेसमा तीन प्यान चुनावी मैदानमा आउने, दुई समूहको उम्मेदवारी घोषणा आज

काठमाडौ, १९ फागुन।  नेपाली कांग्रेस नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । संस्थापन पक्षबाट दुईसहित तीन प्यानल निर्वाचनको मैदानमा उत्रने भएक छन् ।
आज कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानलको औपचारिक घोषणा हुँदैछ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने भोलि उम्मेद्वारी घोषणा गर्ने तयारी गर्नु भएको छ ।
महामन्त्री सिटौलाले दिउँसो ३ बजे काठमाण्डुको वत्तिसपुतलीमा र कार्यवाहक सभापति पौडेलले ४ बजे पार्टी कार्यालयमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ । पौडेल नेतृत्व प्यानलमा बीपी–पुत्र शशांक कोइराला महामन्त्रीका उम्मेदवार बनाइने भएको छ ।
वरिष्ठ नेता देउवाले अर्जुन नरसिंह केसी र सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय लिनु भएको छ । तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भएको छैन । पौडेलले सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई आफूले चुनाव जितेमा उपसभापति बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts