Monday, March 7, 2016

सडक सञ्जाल निर्माण

वीरगन्ज, २४ फागुन । जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएका सडक सञ्जाल निर्माण तथा स्तरोन्नति गर्ने कार्य जिविसले अभियानको रुपमा सुरु गरिएको छ ।

अगामी पाँच वर्षभित्रमा जिल्लामा रहेका प्रमुख सडक तथा गाउँदेखि सहरसम्म जोड्ने सडकमध्ये ३४२ किलोमिटर सडकको स्तरोन्नति तथा निर्माण गर्ने योजना रहेको छ । स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालका अनुसार विश्व बैंकको ऋण तथा अनुदान सहयोगमा राष्ट्रिय ग्रामीण सडक सुदृढिकरण परियोजनाअन्तर्गत ९१ किलोमिटर माटोको कच्ची सडकलाई स्तरोन्नति गरी ग्राभेल गर्ने, २४२ किलोमिटर कालोपत्रे गर्ने र आठ किलोमिटर कालोपत्रे सडकको स्तरोन्नति गर्ने योजना रहेको छ ।

“गाउँदेखि सहरसम्म जोड्ने २३ वटा सडकलाई यसै वर्षदेखि स्तरोन्नति तथा नियमित मर्मतकार्य सुरु गरी अभियान सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो । कुल ३४२ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने कार्यक्रम रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts