Thursday, March 10, 2016

खुला केन्द्रीय सदस्यको मतगणनामा खड्का अगाडि

काठमाडौँ, २७ फागुन । नेपाली काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना आजका लागि स्थगन गरिएको छ ।

शुक्रबार बिहान सुरु गर्ने गरी आजलाई स्थगन गरिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार आजसम्म ३५३ मतगणना भएको छ । पछिल्लो विवरणनुसार खुमबहादुर खड्का सबैभन्दा अगाडि देखिनुभएको छ । उहाँले २१४ मत ल्याउँदा प्रकाशमान सिंह २१३ मत ल्याएर दोस्रो हुनुभएको छ ।

त्यसैगरी डा शेखर कोइराला २०५, प्रदीप पौडेल २०१, प्रदीप गिरी २००, बालकृष्ण खाण २००, विमलेन्द्र निधि १९९, महेश आचार्य १९०, कुलबहादुर गुरुङ १८७, पूर्णबहादुर खड्का १८६, रमेश लेखक १८६, विश्वप्रकाश शर्मा १८१, डा रामशरण महत १७८, धनराज गुरुङ १७७, डा प्रकाशशरण महत १७७ का साथ अग्रस्थानमा हुनुहुन्छ ।

त्यस्तै सुजाता कोइराला १७७, शङ्कर भण्डारी १७५, गोपालमान श्रेष्ठ १७१, बलबहादुर केसी १७०, डा मीनेन्द्र रिजाल १६८, चन्द्र भण्डारी १६२, डा नारायण खड्का १६०, ज्ञानेन्द्रबहादुर कार्की १५९, बद्री पाण्डे १५८ का साथ प्रतिस्पर्धामा हुनुहुन्छ ।

एनपी साउद १५६ मतका साथ २५औँ स्थानमा हुनुहुन्छ । काँग्रेसमा खुलातर्फबाट २५ केन्द्रीय सदस्य चयन हुनेछन् । पच्चिस सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts