धनगढी, २७ फागुन । कैलाली जिल्लाको २५औँ जिल्लापरिषद्ले आर्थिक वर्ष २०७३÷०७४ का लागि रु पाँच अर्ब ३३ करोड दुई लाख ७२ हजारको बजेट सार्वजनिक गरेको छ ।
जिविसमा आज आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले पँुजीगततर्फ रु दुई अर्ब ८७ करोड १८ लाख ८१ हजार र चालुतर्फ रु दुई अर्ब ४५ करोड ८३ लाख ९१ हजार छु्ट््याइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वाधार विकासमा रु दुई अर्ब ४० करोड १९ लाख ८९ हजार, सामाजिक विकासका लागि रु एक अर्ब ७७ करोड ४२ लाख ५८ हजार, आर्थिक विकासमा रु ३६ करोड ४ लाख ९३ हजार, वन तथा वातावरणतर्फ रु १४ करोड १८ लाख ७२ हजार र गैरसरकारी संस्थाका लागि रु ६५ करोड १६ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटमा जिल्लाको पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ । यस्तै सडक नपुगेका गाविसमा सडक पु¥याउने, कृषि उत्पादनलाई व्यावसायीककरण गरिने, युवा स्वरोजगार तथा आयआर्जनका कार्यक्रम सञ्चालनलगायतका विकाससँग सम्बन्धित योजनालाई प्राथमिकता दिइएको छ ।
परिषद्को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री रामजनम चौधरीले विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसद्हरु प्यारेलाल राना, जनकराज चौधरी, मोहनसिंह राठौंर, बुद्धिसागर चौधरी, गरिमा शाह, हरि ज्ञवालीलगायतले जिल्लाको समानुपातिक विकासमा ंजोड दिनुभएको थियो ।
सो अवसरमा जिविसमा लामो अवधि सेवा पु¥याउने पाँच कर्मचारी तथा दुई पूर्व गाविस सचिवलाई सम्मानित गरिएको थियो । रासस
No comments:
Post a Comment