Thursday, March 10, 2016

आइस रिङ बनाउन स्वीजरल्यान्डबाट टोली आउने

काठमाडौैैैैैैैँ, २७ फागुन । अन्तर्राष्ट्रिय आइस हक्की फेडेरेसनले नेपालमा आइस रिङ निर्माणको विषयमा अध्ययन गर्नका लागि प्राविधिक समिति तयार गरी पठाउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले फेडरेसनका अध्यक्ष रेने फासेलसँग आज स्विजरल्यान्डको जुरिचमा भेटी सो आश्वासन पाउनुभएको नेपाल आइस हक्की सङ्घका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिनुभयो । फासेलले सगरमाथाको देश नेपालमा आइस रिङ बनाउनु ऐतिहासिक काम हुने बताउनुभएको थियो ।

सदस्यसचिव विष्टले भने साहसिक खेलका रुपमा रहेको आइस हक्की खेलको विकास लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक जग्गा राखेपले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts