Friday, March 11, 2016

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

बैतडी, २८ फागुन । जिल्लाको श्रीकोट गाविस–४ मा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ ।

माटोको ढिस्कोले पुरिएर श्रीकोट गाविस–६ की २८ वर्षीया पशुपति भुलको मृत्यु भएको हो । बिहान घर लिपपोत गर्न रातो माटो लिन उनी गाउँ नजिकैको जइतडाँडा गएकी थिइन् ।

प्रहरी चौकी खोचलेकका प्रहरी सहायक निरीक्षक करनसिँह धामीका अनुसार माटोको ढिस्कोले पुरिएकी भुललाई एक घन्टापछि निकालिएको थियो । दुई छोरी र एक छोराकी आमा भुलको शवपरीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts