Friday, March 11, 2016

दुई वर्षभित्र मुलुक खाद्यान्नमा आत्मनिर्भर : प्रधानमन्त्री

काठमाडौ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ सरकार अघि बढेको बताउनुभएको छ ।

नेपाल जाइका अलुम्नाई एसोसिएसन ९जान०को ४२औंँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको छ दसक’ विषयक राष्ट्रिय कार्यशालामा उहाँले दुई तिहाई भन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर रहेकाले कृषिको आधुनिकीकरणको आवश्यकता रहेको बताउनुभयो ।

कृषिमा जापानी सहयोगले निरन्तरता पाउने अपेक्षा गर्दै उहाँले जापानजस्ता विकसित मुलुकलाई नेपालको आर्थिक विकासमा खुला मनले सहयोग गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार अन्य सरकार भन्दा फरक भएकाले तीव्र आर्थिक विकासमा तप्परता देखाएको स्पष्ट गर्नुभयो ।

उहाँले जापनमा सन् २०११मा भएको ठूलो भूकम्पपछिको पुनःनिर्माणको अनुभवसहित नेपालमा गत वैशाखमा आएको भूकम्पमा जापानले गरेको सहयोगको सह्राना गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “कृषिप्रधान मुलुक भए पनि खाद्यान्नमा आत्मनिर्भर हुनसकेका छैनाँै । यो अशोभनीय हो । दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ हामी अघि बढेको छाँै ।” उहाँले जमिनको अधिकतम् प्रयोग गरेर कृषिको व्यावसायिकरणमा जापानी सहयोग महत्वपूर्ण हुनसक्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको हक अधिकारको रक्षा प्रबन्ध गर्दै सन्तुलित आर्थिक उन्नति गर्दै जलवायु परिवर्तनको प्रभावबाट बच्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दोस्रो विश्वयुद्धको पीडाबाट एक दसकभित्रै पुनःनिर्माण गरेर संसारको सबैभन्दा दाताका रुपमा जापान अघि आएकामा प्रशन्नता व्यक्त गर्नुभयो ।

नेपालका लागि जापानी राजदूत मासाही ओगावाले नेपालको आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि यो वर्ष उपब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

जापानी सहयोग नियोग९जाइका० नेपालका प्रमुख सुतोमी सिमुजीले ग्रामीण क्षेत्रमा कृषिको विकासका लागि औद्योगिकीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जानको मुखपत्र ‘मिलन’को लोकार्पण गरियो भने नवनिर्वाचित अध्यक्ष डा रामचन्द्र भूषालसहित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरियो ।

कार्यक्रमको दोस्रो सत्रमा मुख्य सचिव डा सोमलाल सुवेदी र कृषि क्षेत्रका सरकारी प्रतिनिधिले कार्यपत्र प्रस्तुती र छलफल भर्इ आगामी दिनमा नेपालको कृषिक्षेत्रमा जापनी सहयोगको सम्भावना औँल्याइनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts