Monday, March 14, 2016

राष्ट्रपतिसँग प्रमको भेटवार्ता

काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भयो ।

भेटका अवसरमा प्रधानमन्त्रीको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको आसन्न भ्रमणलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालगायत नेपाल सरकारका उच्च सरकारी पदाधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts