विराटनगर, १४ चैत । मोरङको दूर्वेसा–९मा आज दिउँसो आगलागी हुँदा रु पाँच लाख बराबरका सामान जलेर नष्ट भएको छ ।
खड्ग विकको फुसले बनेको घरमा आगलागी हुँदा लत्ताकपडा, अन्नपातलगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस
No comments:
Post a Comment