Thursday, March 17, 2016

अग्रज पत्रकार रेग्मीको निधन

पानीट्याङ्की (मोरङ), ४ चैत । अग्रज पत्रकार तथा झर्रोवादी आन्दोलनका अगुवा कोशराज रेग्मीको गएराति मस्तिष्काघातबाट निधन भएको छ ।
चौरासी वर्षीय पत्रकार रेग्मीको विराट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रेग्मीले २०१४ सालदेखि ‘जनवार्ता’ साप्ताहिक मार्फत पत्रकारिता सुरु गर्नुभएको थियो ।

रेग्मी राष्ट्रिय समाचार समितिका पूर्वसंवाददाता पनि हुनाका साथै झर्रोवादी भाषा आन्दोलनका सहयोगीका रुपमा पनि चिनिनुहुन्थ्यो । उहाँको दाहसंस्कार सुनसरीको चतरास्थित घाटमा गरिएको पारिवारिक स्रोतले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts