पाँचथर, १ चैत । पूर्व सभामुख सुवास नेम्बाङले अहिलेको संविधान कार्यान्वयन गर्न सबै दल लाग्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले)ले मेची अञ्चलमा सञ्चालन गरेको मेची पहाडी पर्यटन प्रवद्र्धन कार्यक्रमको आज फिदिमस्थित जिविसको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै दलले साथ दिएमात्रै संविधानको सफल कार्यान्वयन हुनेमा जोड दिनुभयो ।
अब नेपाली काँग्रेससहितको राष्ट्रिय सरकार गठन गरेर अघि बढे संविधान कार्यान्वयनमा ठूलो सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
अहिलेको संविधान प्रायः अधिकांश पक्षको माग सम्बोधन भएको भन्दै त्यसको विरोध गर्नुको कुनै अर्थ नहुने उहाँको भनाइ छ । अहिलेको संविधान प्रायः अधिकांश पक्षको माग सम्बोधन भएको भन्दै त्यसको विरोध गर्नुको कुनै अर्थ नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा ७५ वटै जिल्लाका सभापति एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । रासस
No comments:
Post a Comment