रौतहट, १९ फागुन । यस जिल्लाको गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत सखुअवा चौकमा रात्रि बसको ठक्करबाट गएराति एक प्रहरी जवानको मृत्यु भएको छ ।
सदरमुकाम गौरबाट काठमाडौँतर्फ जाँदै गइरहेको ना५ख ५०१२ नम्बरको रात्रि बसले सखुअवा गाविस–८ स्थित सडकमा चन्द्रनिगाहपुरबाट पिपरा भगवानपुरस्थित घरतर्फ फर्कने क्रममा अन टेस्ट मोटरसाइकलमा सवार प्रहरी जवान श्यामसुन्दर सिंहलाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
धनुषाको धनौलीमा कार्यरत प्रहरी जवान सिंह बिदा लिएर घर आउने क्रममा सडक दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । यात्रु बोकेर दु्रत गतिमा आउँदै गरेको रात्रि बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीले सिंहलाई ठक्कर दिने बस र बार जिल्ला निजगढ नगरपालिका–६ बस्ने चालक चन्द्र तिमल्सिनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
No comments:
Post a Comment