Wednesday, March 2, 2016

विहारका मुख्यमन्त्री नीतिश कुमार काठमाडौँमा

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटनसत्रमा भाग लिन विदेशी पाहुनाहरु यहाँ आउने क्रम जारी रहेको छ ।

यस क्रममा भारत विहारका मुख्यमन्त्री नीतिश कुमार र बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु आज यहाँ आइपुग्नुभयो ।

उहाँहरुलाई नेका विदेश विभागका सदस्यहरु मनमोहन भट्टराई, डा दिनेश भट्टराई, डा सुरेश चालिसे र राकेश हमालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

महाधिवेशनमा भाग लिन सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला आज साँझ आउनुहुने कार्यक्रम रहेको छ । काँग्रेसको महाधिवेशन भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts