काठमाडौँ, २८ फागुन । महेश सन्न्यास आश्रम देवघाट तनहुँले त्यागमूर्ति श्यामप्रसाद पौडेललाई यस वर्षको वेदनिधि पुस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
शाङकर वेदान्तको अध्ययन÷अध्यापनमा आजीवन समर्पित भई निरन्तर सत्सङ्ग र स्वाध्यायद्वारा अद्वैत वेदान्तको प्रचार–प्रसारमा योगदान पु¥याएबापत आश्रमले श्री पौडेललाई वेदनिधि पुरस्कारबाट सम्मान गर्न लागेको हो ।
आफ्ना स्वर्गीय पति वेदनिधि उपाध्यायको स्मृतिमा श्रीमती गिरिराजकुमारी उपाध्यायद्वारा विस २०४३ मा स्थापित वेदनिधि पुरस्कारको राशि रु ५० हजार रहेको आश्रमले जनाएको छ । स्थापनाकालदेखि वेदनिधि पुरस्कार प्रबन्ध परिषद्द्वारा नेपाली भाषा साहित्यका विभिन्न विधामा दिइँदै आएको यो पुरस्कार तीन वर्षदेखि देवघाटमा महेश सन्न्यास आश्रमद्वारा हिन्दू, धर्म, संस्कृति र संस्कृति भाषाका विभिन्न विधामा योगदान पु¥याउने विद्वान÷विदुषी तथा संस्थालाई प्रदान गरिँदै आएको छ । रासस
No comments:
Post a Comment