Friday, March 11, 2016

परम्परागत लोकगीत सम्मेलन सुरु

सल्यान, २८ फागुन । जिल्लाको रिम गाविसमा परम्परागत लोकगीत सम्मेलन कार्यक्रम आजदेखि सुरु भएको छ ।

जिल्लामा रहेका पुराना लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको सम्मेलनमा जिल्लाका ५० वर्ष माथिका लोक कलाकारको सहभागिता रहेको छ ।

जिल्लामा रहेका पुराना लोक संस्कृति लोपोन्मुख हुन थालेकाले सरंक्षणका लागि सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानकी प्राज्ञ पवित्रा घर्तीले बताउनुभयो ।

“पुराना लोक संस्कृतिलाई युवापुस्ताले बेवास्ता गरेकै कारण धेरै संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । त्यसैको संरक्षण गर्न पुराना कलाकार सहभागी हुने गरी सम्मेलन आयोजना गरेका हौँ ।” घर्तीले बताउनुभयो ।

सम्मेलनको उद्घाटन गर्दै व्यवस्थापिका–संसद् अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुराना लोकगीतको संरक्षणका लागि युवा सहभागिता आवश्यक भएको भन्दै सम्मेलनले युवामा पनि उत्साह थप्ने बताउनुभयो ।
जिल्लाको सम्पत्तिको रुपमा रहेको वनगाडी टप्पा, सोरठी, हिउपा नृत्यसमेत लोप हुने अवस्थामा पुगेको भन्दै लोककला संरक्षणका लागि ज्वालाले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts