लम्ची, १५ चैत । अकस्मात आज अपराह्न चलेको हावाहुरीका कारण जिल्लाका भूकम्पपीडितको अस्थायी टहरा उडाएपछि उनीहरु थप पीडामा परेका छन् ।
हावाहुरीले गाउँका अस्थाई टहरा उडाए पनि मानवीय क्षतिको विवरण अहिलेसम्म नआएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताउनुभयो ।
उहाँका अनुसार काठमाडाँै र सिन्धुपाल्चोकको सीमा भोटेचौरमा अवस्थित प्रहरी चौकीको भान्छाघर र चौकीको टेन्टसमेत आँधीले उडाएकोे छ । त्यसैगरी हेलम्बु राजमार्गअन्र्तगतको फट्टेमा हावाहुरीको कारण ढलेको रुखले केहीसमय राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
भूकम्पपछिको अस्थायी टहरा त्यसपछि बेलाबेलामा आइरहने हावाहुरीले टहरा उडाउने गरेको र सरकारले पुनःनिर्माणका लागि दिने भनेको दुई लाखको पर्खाइमा रहेका पीडित यतिबेलाको हावाहुन्डरीबाट त्रसित बनेका छन् ।
“एक वर्ष अस्थाइ टहरामा दुखःकष्टका साथ जुगारा चलायौँ” मेलम्ची नगरपालिका— १२ का स्थानीय लेखानाथ खतिवडा भन्नुहुन्छ, “अब अर्को वर्ष अफ्नै घरमा ओतलाग्ने आशा थियो पुनःनिर्माण र सरकारी कर्मचारीको आलटालले अर्को बर्खा पालमै बित्ने भो ।”
भूकम्पपछिको वर्षा र आँधीको सामना गरिरहनुपरेको छ यस्तो दयनीय अवस्थामा सरकारको ढिलासुस्तीले भूकम्पपीडितलाई समस्यामाथि समस्या थपिदै गएको उहाँको भनाइ छ । रासस
No comments:
Post a Comment