Friday, March 18, 2016

कृषिको आधुनिकीकरण आवश्यक– उपराष्ट्रपति पुन

पोखरा, ५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले कृषिको आधुनिकीकरणलाई प्राथमिकता दिइनुपर्ने बताउनुभएको छ ।

बङ्गुर व्यवसायी सङ्घ नेपालद्वारा आज यहाँ आयोजित दोस्रो राष्ट्रिय पोर्क महोत्सवको पोखरामा उद्घाटन गर्दै उहाँले नेपालको समृद्धि तथा विकासको आधार पर्यटन, कृषि, जलविद्युत, जडिबुटि, उद्योग भएको उल्लेख गर्नु भयो ।

नेपाल कृषिप्रधान देश भएकाले कृषि तथा पशुपालनलाई उद्योगको रुपमा विकास गर्न अपरिहार्य भएको बताउँदै उहाँले पशुपालनसम्बन्धी व्यवसायमा बङ्गुरपालन निकै ठूलो सम्भावना बोकेको व्यवसाय भएको धारणा राख्नु भयो ।

कार्यक्रममा पशुपन्छीमन्त्री शान्ता मानवीले सरकारले दुई वर्षभित्रमा देशलाई मासुमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि सारेको बताउनुभयो ।
सांसदद्वय रवीन्द्र अधिकारी र सारदा पौडेल, बङ्गुर पालक व्यवसायी सङ्घका अध्यक्ष उमेशप्रसाद प्रसाइँ, कास्कीका अध्यक्ष ख्यामबहादुर थापा, सामथ्र्य नेपालका सल्लाहकार डा. नन्दप्रसाद श्रेष्ठलगायतले व्यावसायिक कृषिका माध्यमबाट नेपालमा युवा स्वरोजगारलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts