बनेपा, १९ फागुन । कृषिमा यान्त्रिकीकरणको प्रयोगले परम्परागत उत्पादनका साधन विस्थापित हुन थालेका छन् ।
कृषिमा भएको यान्त्रिकीकरणले समयको बचत हुनुका साथै उत्पादनमा वृद्धी तथा कृषि उत्पादनमा लागतसमेत घटेको किसानले बताएका छन् । “कृषिमा यन्त्रको प्रयोग गरेर खेर गएका पाखोबारीलाई सदुपयोग गरेर उत्पादन गरेका छौँ” अगुवा कृषक उद्धवप्रसाद हुमागाइँले भन्नुभयो ।
परम्परागत रुपमा प्रयोग हुने कुटो, कोदालोको प्रयोग कम हुँदै गएको तर पावरटिलर र मिनी टिलरको प्रयोग खनजोतका लागि बढ्दो छ । “राज्यले सुविधा त दिएको छ तर व्यवस्थापनमा समस्या देखिएको छ, त्यसैले अनुदानमा पावरटिलर दिँदा जगेडा सामान पनि दिनुपर्छ” हुमागाइँको माग छ ।
अर्का अगुवा किसान दीपक पौडेल कृषिमा यान्त्रिकीकरणको बहुउपयोग नभएको बताउनुहुन्छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसी कृषिमा भएको यन्त्रको प्रयोगले व्यावसायिक किसान बढेको बताउनुहुन्छ । “जिल्लामा करिब १८ प्रतिशत कृषि उत्पादन बढेको छ” उहाँले भन्नुभयो ।
जिल्लामा २०४२ सालदेखि अहिलेसम्म करिब चार हजार पावरटिलिर तथा मिनीटिलर कृषि कर्मका लागि प्रयोग भएको अनुमान छ भने व्यवस्थित गर्न कृषिलाई व्यावसायिक, प्रतिस्पर्धात्मक र दिगो बनाउन कृषि यान्त्रिकीकरण प्रर्वद्धन नीति २०७१ जारी भएको छ । रासस
No comments:
Post a Comment