Tuesday, March 8, 2016

सहकारीको महत्वपूर्ण भूमिका : उपाध्यक्ष डा खतिवडा

पथरी (मोरङ), २५ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा युवराज खतिवडाले सहकारीले निजी क्षेत्रमा आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

जिल्ला सहकारी सङ्घ मोरङले आज विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा उपाध्यक्ष खतिवडाले सरकारी, सहकारी र निजी क्षेत्र एक अर्काका परिपूरक भएको बताउनुभयो । सहकारीले सामाजिक रुपान्तरणको महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीलाई बाहकको रुपमा प्रवद्र्धन गर्नुपर्ने उहाँले धारणा राख्नुुभयो ।

त्यसैगरी राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने काम गर्न नहुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts