Tuesday, March 8, 2016

स्थानीय निकाय निर्वाचनको तयारी

काठमाडौँ, २५ फागुन । सरकारले स्थानीय निकाय निर्वाचनको आवश्यक प्रक्रिया थालेको छ ।

‘दक्षिण एसियामा स्थानीय स्वायत्त शासन ः समस्या र संभावना’ विषयमा आज यहाँ आयोजित कार्यशालामा उपप्रधानमन्त्री कमल थापाले स्थानीय निर्वाचनको तयारी थालिएको जानकारी दिनुभयो ।

नेपालको संविधानमा स्थानीय स्वायत्त शासन प्रत्याभूत भएको र त्यसले स्थानीय निकायमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको जानकारी दिँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सविधानमा नै प्रदेश र स्थानीय निकायको अधिकार एवम् जिम्मेवारी स्पष्ट किटान गरिएको बताउनुभयो ।

स्थानीय स्वायत्त शासनको अवधारणालाई साकार तुल्याउन संविधानमा धेरै प्रावधान समावेश गरिएको जानकारी दिँदै उहाँले स्थानीय र सङ्घीय निकायबीच स्रोत र साधनको उपयोगका सम्बन्धमा सहकार्यात्मक सम्बन्ध कायम गरिएको बताउनुभयो ।

“सोचेअनुसार स्थानीय निकाय सबल एवम् सुदृढ भइनसकेको छैन, केन्द्रको मुख ताक्ने प्रवृत्तिको अझै अन्त्य भएको छैन, अझै पनि केन्द्र धेरै अधिकारयुक्त छ” उहाँले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts