नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गर्न विधान संसोधन गर्नु पर्ने भएको छ । दलको नेता चयन र विधान संसोधन प्रक्रिया अघि बढाउन आज निर्वाचन समितिको बैठक बस्दैछ । दलको विधान परिर्माजन गर्नुपर्ने भएपछि संसदीय दल निर्वाचनको टुंगो लाग्नेछ । बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बस्नेछ । निर्वाचन समितिको बैठकले निर्वाचन तालिकाका साथै संविधानको व्यवस्था अनुसार विधान संशोधन प्रक्रिया अघि बढाउनेछ । नयाँ संविधानको व्यवस्थाविपरीत संसदीय दल र कार्यसमितिमा विकास क्षेत्रका आधारमा सदस्य निर्वाचित गर्ने व्यवस्था छ । कांग्रेस संसदीय दलको विधानअनुसार दलका नेतासाथै पाँच विकास क्षेत्रबाट एक–एक जनाका दरले पाँच जना र समावेशीतर्फबाट १२ जनासहित दलको कार्यसमितिमा १७ जना छनोट गर्ने व्यवस्था छ । केही दिनअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको नेताको चुनाव गराउन रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment