Friday, March 11, 2016

काँग्रेसलाई सरकारमा सामेल हुन आग्रह

डडेल्धुरा, २८ फागुन । नेपाली काँग्रेसलाई वर्तमान सरकारमा सामेल भएर संविधान कार्यान्वयनमा सहयोग पु¥याउन अर्थ राज्यमन्त्री दामोदर भण्डारीले आग्रह गर्नुभएको छ ।

डडेल्धुराको ९औँ जिल्ला परिषद्को आज उदघाट्न गर्दै राज्यमन्त्री भण्डारीले देश भूकम्पको चपेटामा परेको विषम परिस्थितिमा बनेको सरकारमा सामेल भई राष्ट्रिय स्वरुपको सरकार गठन गरी संविधान कार्यान्वयनमा सहयोग गर्न अनुरोध गर्नुभएको होे ।

उहाँले जनताका अधिकार सुनिश्चित गर्नका लागि र संविधानले समेटेका अधिकारका क्षेत्रलाई पूर्णता दिन र देश विकासमा अगाडि बढ्नका लागि राष्ट्रिय निर्माण हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले जिल्लाको दीर्घकालीन विकासका लागि बहुवर्षीय योजना निर्माण गरी सबै राजनीतिक दलले एकढिक्का भएर विकास निर्माण कार्यमा लाग्नुपर्ने धारणा राख्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts