नेपालगन्ज, २८ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले मानवअधिकारका सम्पूर्ण मान्यतालाई टेकेर नेपालको संविधान जारी भएकाले यसमा खोट लगाउनु पर्ने ठाउँ कतै नभएको बताउनुभएको छ ।
इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालयद्वारा आज यहाँ आयोजित ‘नेपालको संविधान र मानवअधिकारका सवाल’ विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो– “संविधानमा मुलुकको सार्वभौमसत्ताबाहेक अरु सबै दफासमेत परिवर्तन गर्न सकिने भएकाले यो राजनीतिक दृष्टिकोणबाट पनि उत्कृष्ट छ ।”
उहाँले चित्त नबुझेका विषयमा आन्दोलन गर्नु राजनीतिक दल र सङ्घ, सङ्गठनको प्रजातान्त्रिक अधिकार भए पनि जनताको मानवअधिकारका विरुद्ध हुने आन्दोलन क्षमायोग्य हुन सक्दैन भन्नुभयो ।
विचार गोष्ठीमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, प्रहरी नायब उपरीक्षक टेकप्रसाद राई, अधिवक्ता विश्वजित तिवारी, नागरिक अभियन्ता प्रकाश उपाध्याय, इन्सेकका क्षेत्रीय संयोजक भोला महत र पत्रकार नीरज गौतमले संविधान कार्यान्वयनमा सबै मिल्नुको विकल्प नभएको धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment