काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ताको क्रम बढेको छ ।
पार्टी मुख्यालय सानेपामा आज बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता बेलुकासम्म जारी रहँदा विभिन्न पदमा १६३ उम्मेदवारको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । दर्ता भएकामध्ये सभापति एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य ४८, प्रदेश सदस्य ४४, आदिवासी जनजाति आरक्षण १७, आदिवासी जनजाति महिला र दलित आरक्षण छ–छ, दलित आरक्षण महिला तीन, महिला आरक्षण २२, मधेस आरक्षण नौ, मधेसी महिला पाँच र मुस्लिममा एक जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ताका लागि सभापतिका लागि रु २० हजार, महामन्त्रीका लागि रु १५ हजार, कोषाध्यक्षका लागि रु १५ हजार र सदस्यका लागि रु पाँच हजार ५०० शुल्क तोकिएको छ । मनोनयन दर्ता समय शुक्रबार मध्याह्न १२ बजेसम्म छ । रासस
No comments:
Post a Comment