Thursday, March 3, 2016

अपाङ्गमैत्री संरचना बनाउनुपर्ने

काठमाडौँ, २० फागुन । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले सिहंदरबार भित्रका अब बन्ने संरचना अपाङ्गमैत्री बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ ।

सो मन्त्रालय तथा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिबीच आज भएको छलफलमा सचिव रेग्मीले यातायात तथा सार्वजनिक स्थलमा अपाङ्गता भएकालाई हिँडडुल गर्न सहज हुने गरी व्यवस्था मिलाइने बताउनुभयो ।

पूर्वमुख्यसचिव लीलामणि पौडेलले आफ्नो कार्यकालमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडक बिस्तारका क्रममा केही स्थानमा नमुनाका रुपमा अपाङ्गमैत्री सडक बनाउने प्रयास भएको भए पनि विभिन्न समयमा भएका राजनीतिक अस्थिरताका कारण त्यो सफल हुन नसकेको बताउनुभयो ।

सोही मन्त्रालयको सहयोगमा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाले संयुक्त रुपमा यही फागुन २६ देखि २९ सम्म गर्न लागेको अपाङ्गता भएका व्यक्तिको महाअभियान ‘एसिया ट्राई’ नामक अभियानबारे समीक्षा तथा छलफलसमेत गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts