Monday, March 7, 2016

दोस्रो चरणको निर्वाचन सम्पन्न

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।

सभापति पदका लागि आइतबार सम्पन्न भएको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न २ः४५ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको थियो ।

पहिलो चरणको निर्वाचनमा बढी मत ल्याउने सभापतिका उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।

काँग्रेसको महाधिवेशनमा तीन हजार १६१ मतदाता रहेकामा दोस्रो चरणको निर्वाचनमा तीन हजार १२० मतदाताले मतदान गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

पहिलो निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गर्नुभएको थियो । अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचनको मत गणना भने पाँच ठाउँमा बाँडेर केही बेरपछि राष्ट्रिय सभागृहमा गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts