Wednesday, March 23, 2016

राजकुमार ह्यारी भूकम्पपीडितको सहयोगमा जुट्नु हुने

काठमाडौँ, १० चैत । बेलायती राजकुमार ह्यारी आगामी एक साता भूकम्पपीडितको सहयोगमा जुट्नुु हुने भएको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्वि–शतवार्षिकीको अवसरमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा आउनुभएका उहाँले आफ्नो औपचारिक भ्रमण पूरा गरेसँगै आगामी साता भूकम्प प्रभावित क्षेत्रमा सहायताका काममा साथ दिन लाग्नुभएको हो ।

“भूकम्पपीडितलाई सहयोग गर्ने बेलायतको परोपकारी संस्था टिम रुबिकन नेपाल परियोजनाका स्वयम्सेवकहरुसँग राजकुमार ह्यारीले भूकम्पबाट भत्किएका मध्य नेपालका दुर्गम पहाडी भेकका विद्यालयहरुको पुनःनिर्माणमा सहयोग गर्नुहुनेछ”– केन्स्ङिटन दरबारले केहीबेर अघि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजकुमारको सम्मानमा आज साँझ यहाँ नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले आगामी छ दिन नेपालको निजी भ्रमणमा रहने र भूकम्पबाट प्रभावित विद्यालयहरुको पुनःनिर्माणमा सघाउने घोषणा गर्नुभयो ।

समारोहमा प्रधानन्याधीश कल्याण श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा नेपाल सरकारका उच्च पदाधिकारीको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts