Saturday, March 12, 2016

सरकार परिवर्तन हुँदैन : सचिव ज्ञवाली

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा सचिव ज्ञवालीले सरकारसँग आवश्यक बहुमत रहेकाले कसैले चाहँदैमा सरकार परिवर्तन नहुने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस तथा मधेस केन्द्रित दल जिम्मेवार भई आएमा सरकारमा सहभागी गराउन सकिने र अहिलेको सरकारलाई नै राष्ट्रिय सरकार बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

सचिव ज्ञवालीले संविधान जारी गर्न हिच्किचाएका विभिन्न दलले अहिले संविधानको अपनत्व लिन खोजेको बताउँदै मुलुकमा विद्यमान सङ्कट समाधान तथा संविधान कार्यान्वयनका लागि प्रमुख दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय बुद्धिजीवी परिषद्का नवनिर्वाचित अध्यक्ष दीनेशचन्द्र देवकोटा र अनेरास्ववियुका नवनिर्वाचित सचिव आरसी लामिछानेलाई सम्मान गरिएको थियो । सचिव लामिछाने नेकपा (एमाले) गोरखा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्षसमेत हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts