काठमाडौँ, १८ फागुन । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतको नयाँदिल्ली हुँदै विभिन्न मुलुक पु¥याउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
गत साउन ५ गते भारतीय प्रहरीको सहयोगमा विदेश लैजान लागिएका २७ महिलालाई दिल्ली हुँदै दुबई, इराक, कुवेतलगायतका मुलुकमा पु¥याउन लागिएको अवस्थामा उद्धार गरिएको थियो ।
उनीहरुको बयानका आधारमा काभ्रे सिसाखानी–१ का स्थायीबासिन्दा ३४ वर्षीय विके भन्ने सानु लामा, खोटाङ टेम्मा–२ का ३८ वर्षीय सुशील भन्ने सुजिल राई, महोत्तरी रामनगर–१ का ४३ वर्षीय राजबाबु श्रेष्ठ र कपिलवस्तु कोपुवा–१ का ३८ वर्षीय डिबी भन्ने दानबहादुर क्षेत्रीलाई काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment