Tuesday, March 1, 2016

आचार्यको स्वास्थ्यमा सुधार

काठमाडौँ, १८ फागनु । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

उच्च रक्तचापबाट मतिष्कघात भएर बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहनुभएका नेता आचार्यकोे स्वास्थ्यमा क्रमिकरुपमा सुधार आई सामान्य कुराकानी गर्न र खाना खान सक्ने हुनुभएको उहाँका सहयोगी रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

दाहिने खुट्टा र हातमा समस्या देखिएकाले उहाँले नियमित फिजियोथेरापी पनि गरिरहनुभएको छ ।

दुई दिनको मात्र औषधिको मात्रा सेवन गर्न बाँकी रहेको छ । अब उहाँलाई फिजियोथेरापीको मात्र आवश्यकता छ । अझ केही दिन अस्पतालमै बस्नुपर्ने बताइएको छ ।

नेता आचार्यले महाधिवेशनमा भाग लिन नसके पनि देशभरबाट उहाँको पदीय उम्मेदवारीको कुरा आइरहेको बताउँदै घिमिरेले यस विषयमा अझै टुङ्गो लागि नसकेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts