Thursday, March 17, 2016

सार्क शिखर सम्मेलनमा स्वराजलाई पाकिस्तानको निम्तो

पोखरा, ४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकका अवसरमा पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी आगामी नोभेम्बरमा पाकिस्तानमा हुने १९ औँ सार्क शिखर सम्मेलनका लागि निम्ता दिनुभएको छ ।

सार्क स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ । आगामी शिखर सम्मेलन नोभेम्बरमा पाकिस्तानमा गरिने छ । बैठक जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधि लगायत विषयमा केन्द्रित छ ।
भारतीय विदेशमन्त्री स्वराज र मालदिभ्सका विदेशमन्त्री डुन्पा मौमुनबीच पनि आजै भेटघाट भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts