काठमाडौँ, १ चैत । योगी नरहरिनाथबाट विसं २०२२मा स्थापित बृहद् आध्यात्मिक परिषद्को स्वर्ण महोत्सवको उपलक्ष्यमा आजदेखि पशुपतिनाथस्थित उहाँको आश्रम मृगस्थलीमा प्रदर्शनी सुरु भएको छ ।
यही चैत ३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा योगीबाट सङ्कलित पाण्डुलिपि, प्रकाशित कृति र आध्यात्मिक गतिविधिसम्बन्धी सामग्री राखिएको छ । यस अवधिमा आध्यात्मिक पुस्तक बिक्री समेत गरिने छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका रामभाइ ऐर, धार्मिक गुरु ओशो मैत्रेय तथा विभिन्न साधुसन्त, योगी, सन्न्यासी लगायतले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा केन्द्रका ऐरले योगीका सम्पूर्ण कृति महत्वपूर्ण रहेकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सो संस्थाले यस अवधिमा शास्त्रीय सङ्गीत, भजन र विशिष्ट गुरुको प्रवचन प्रस्तुत महोत्सवका सञ्चार संयोजक दीपक सुवेदीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment