Monday, March 14, 2016

संस्थागत विद्यालय मापदण्ड निर्देशिका सकारात्मक

काठमाडौँ, १ चैत । शिक्षा मन्त्रालयले हालै जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ सकारात्मक रहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइन)ले जनाएको छ ।

सो निर्देशिकाले सार्वजनिक शिक्षालाई मलजल गर्ने भन्दै एनसिइनका अध्यक्ष राजकुमार गन्धर्वले निर्देशिकाको स्वागत गर्दै शीघ्र र प्रभाकारी कार्यान्वयनमा जोडदार माग गर्नुभयो ।

उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा शिक्षालाई नाफा आर्जन गर्ने व्यापारको वस्तु बनाइनु हुँदैन र निजी विद्यालयबाट भइरहेका यस खालका अभ्यासलाई सरकारले नियमन गर्नुपर्ने अभियानलाई सरकारको पछिल्लो कदमले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

निर्देशिकाले निजी विद्यालयको शुल्क निर्धारण, भौतिक पूर्वाधार र शिक्षक सुविधालगायत विषयमा आचारसंहिता समेटेको छ । संस्थागत विद्यालयले अभिभावकबाट जथाभावी शुल्क असुल्ने र बढाउने, विद्यार्थी तथा शिक्षक सुविधामा ध्यान नदिने, भौतिक संरचना तथा जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने कुरामा बेवास्ता गर्दै आएको पाइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts