Friday, March 18, 2016

‘राहदानी’ चित्रमा

काठमाडौँ, ५ चैत । मिथिला यें आर्ट ग्यालरी परिसरमा आज ३६ कलाकारले चलचित्र ‘राहदानी’लाई विषय बनाएर क्यानभास रङ्ग्याउनुभएको छ ।
अग्रज कलाकार रमेश खनाल, नरेन्द्रबहादुर श्रेष्ठदेखि प्राज्ञ ज्योतिप्रकाश विके र लालकाजी लामा, डिराम पाल्पाली, एनबी गुरुङ, अनिता खनाल भट्टराई, श्यामसुन्दर यादव, राम ठाडा, अजित शाह, केशवराज खनाल लगायतले चलचित्र हेरेर सोही चलचित्रलाई क्यानभासमा उतार्नुभएको हो । चलचित्रका निर्देशक डब्बु क्षेत्रीले पनि चित्र बनाउन भ्याउनुभयो । कलाकार नरबहादुर विकेले भने चलचित्रका नायककै मुहारलाई चित्रण गर्दै कला सिर्जना गर्नु भएको छ ।
बिहीबार गरिएको चलचित्रको विशेष प्रदर्शनी हेरेर कलाकारले आफूलाई छोएको विषयलाई रोज्नुभएको हो । चलचित्रमा विदेशमा जाँदा नेपालीले भोग्नु परेको पीडा र मृत्युको क्रन्दन, नेपालमा श्रीमतीले श्रीमान्को कमाइमा मोज गरेको आदि विषयलाई समावेश गरिएको छ । अनधिकृत रुपमा जाने नेपाली पाउने दुःखलाई चलचित्रले सजीवता दिन सकेको र सोही विषयमा रहेर चित्र बनाइएको कलाकार खनालले बताउनुभयो ।
एक्रेलिक रङ माध्यममा सिर्जिएका कलाकृतिलाई यही चैत ८ गते प्रदर्शनीका लागि खुला गरिने निर्देशक क्षत्रीले जानकारी दिनुभयो । कलाकृति बिक्रीबाट आएको रकम वैदेशिक रोजगारीमा जाँदा पीडामा रहेका परिवार र उहाँहरुका सन्ततिका लागि खर्च गरिने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts