Monday, March 14, 2016

प्रधानमन्त्रीको सचिवालयको खण्डन

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे आज एक दैनिक (अन्नपूर्ण पोष्ट)मा प्रकाशित समाचार सत्यतामा आधारित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको प्रेस नोटमा चीन भ्रमणका सम्बन्धमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वपरराष्ट्र सचिवसँग गर्नुभएको सामूहिक परामर्शका क्रममा सो पत्रिकामा प्रकाशित समाचारमा उल्लेख भएजस्तो कुनै कुरा नउठेको जनाइएको छ ।

‘पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले भनेको भनी समाचारमा उद्धृत कुरा कपोलकल्पित र भ्रामक भएको स्पष्ट पार्दछाँै’– विज्ञप्तिमा भनिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts