भक्तपुर, १ चैत । नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मीन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले महाधिवेशनसँगै काँग्रेसले संसदीय दलका नेता चयन गर्ने र त्यसपछि ठूलो दलका हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य विश्वकर्माले सरकार कालोबजारीको संरक्षणमा लागेको आरोप लगाउँदै काँग्रेस नेतृत्वमा सरकार गठन हुने बित्तिकै पहिलो एजेन्डाका रुपमा कालोबजारी नियन्त्रण गर्ने बताउनुभयो । तराई आन्दोलनका जायज मागको सम्बोधन गर्ने पहलकदमी पनि काँग्रेसले लिने उहाँको भनाइ थियो ।
महाधिवेशनको परिणामले काँग्रेसमा ६०÷४० को भागबन्डाको अन्त्य पारेको पनि उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment