लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गएको २५ मार्च शुक्रबारका दिन आबुधावीको कर्नेश पार्कमा युएईस्थित कार्यरत तामाङ कलाकारहरुको एक भेलाले युएईका चर्चित गायक सुमन सिङ्दन तामाङको संयोजकत्वमा “नेपाल तामाङ कलाकार संघ युएई” को तदर्थ समिति गठन गरेको छ । सो समितिले आगामी तीन महिनाभित्र एउटा भव्य सांस्कृतिक कार्यक्रमका साथ प्रथम साधारण भेला गरी पूर्णकार्य समिति गठन गर्ने भएको छ ।
उक्त भेलाले सुमन सिंदन तामाङको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसमा क्रमशः उपसंयोजकमा सन्दिप ग्याबक तामाङ र अस्मि स्याङ्तान तामाङ, महासचिवमा प्रदिप लामा तामाङ, कोषाध्यक्षमा सोनाम लामा तामाङ र सह–कोषाध्याक्षमा सारंग तामाङ रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा ज्ञान लामा तामाङ, बले तामाङ, बिमला बज्यु तामाङ, जोया तामाङ, सुब्बा बल तामाङ, प्रिया मोक्तान तामाङ, कृतिका लामा तामाङ, कल्पना लामा तामाङ, राजेश लामा तामाङ, बिनोद लामा तामाङ, सानु तामाङ, उषा (राई ) तामाङ, बिक्रम लामा तामाङ, नम्रता तामाङ, बिश्वराज स्याङ्तान तामाङ, प्रतिमा तामाङ, उनिना तामाङ, सन्जिता तामाङ, अमृता तामाङ, कृष्ण पाख्रिन तामाङ र कपिल पाख्रिन तामाङ रहेका छन् भने संरक्षक तथा सल्लाहकारमा बिमल तामाङ रहेको छ ।
आ–आफ्नो मन्तव्यको क्रममा उपसंयोजक अस्मि तामाङ र सन्दिप ग्यबक तामाङले संघको औचित्य र उद्देश्य बारे प्रकाश पार्दै, नेपाल तामाङ कलाकार संघ युएई, विभिन्न संघ संस्था वा समाजहरुसंग प्रतिस्पर्दा र बिरुद्धमा स्थापना गरेको नभईकन तामाङ जातिको मात्रै पनि नभई सिंगो नेपालकै कला र संस्कृतिलाई जगेर्ना गर्नुका साथै प्रबद्र्धन गर्न खोलिएको भनेर बताएका छन् । साथै नेपाल तामाङ कलाकार संघ युएई, युएईमा क्रियाशील रहेका सबै सामाजिक संघ संस्थाहरुसंग सहकार्य गर्दै सशंक्त रुपले अगाडि बढ्ने कुरामा पनि जोड् दिदै नेपालीहरुलाई आईपर्ने समस्याहरुमा पनि सक्दो सहयोग गर्ने समेत बताए ।
नेपाली जनसम्पर्क समिति युएईका महामन्त्री समेत रहेका संरक्षक तथा सल्लाहकार बिमल तामाङले नवगठित तदर्थ समितिलाई शुभकामाना दिदै स्थानीय धेरै कलाकारहरु कला र गलाले भरिएको तर आ–आफ्नो कला प्रस्तुत गर्ने मौका नपाएको कलाकारहरुलाई प्लेटफमको रुपमा उपयोग हुन सक्ने बताउनु भएको छ । उहांले तामाङ समाज युएईसंग हरेक कार्यमा हातेमालो गर्दै अगाडि बढ्नका लागि समेत सुझाव दिनु भएको छ ।
Sunday, March 27, 2016
अबुधावीमा नेपाल तामाङ कलाकार संघ युएईको तदर्थ समिति गठन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment