काठमाडौँ, ३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्को छैठौँ राष्ट्रिय अधिवेशन आगामी सनिबारदेखि काठमाडौँमा हुने भएको छ ।
परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी चैत ६, ७ र ८ गतेसम्म वैचारिक शान्ति र समृद्धिको नारासहित अधिवेशन गर्न लागेको जानकारी दिएको हो ।
अधिवेशनमा दक्षिण एसियाली राष्ट्रमा शान्ति र समृद्धि, उद्यमशीलता, विकासको अवधारणा, पर्यावरण, धर्म निरपेक्षता, नयाँ संविधानमा अवसर चुनौती, नयाँ शिक्षा नीति र राष्ट्रिय सुरक्षाको विषयमा छलफल गरिने परिषद्का महासचिव रमेश कँडेलले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment