Wednesday, March 16, 2016

बालिका बन्धक बनाउने दुईजना पक्राउ

काठमाडौँ, ३ चैत । ललितपुर उपमहानगरपालिका, बालकुमारीबाट एक बालिकालाई अपहरण गरी बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालकुमारी बस्ने बलराम पाण्डेको– ८ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरण गरी बन्धक बनाउने काभ्रे सिमथली घर भई हाल बालकुमारी बस्ने १६ वर्षीय भिमसेन भण्डारी र १६ वर्षीय विनिता बास्कोटालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

चैत १ गतेदेखि बालिका हराई बेपत्ता भएको सूचनाका आधारमा खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौँ चाबहिलस्थित पूर्वेली गेस्ट हाउसको कोठा नम्बर ३०२ मा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts