काठमाडौँ, ४ चैत । त्रिशूली नदीको संरक्षणका लागि विशेष अभियान चलाइने भएको छ ।
पर्यटनको अभिन्न अङ्गका रुपमा रहेको जलयात्रासँगै धार्मिक तथा सांस्कृतिक महत्व जोडिएको त्रिशूलीको प्रदूषण नियन्त्रण र मानवीय अतिक्रमण रोक्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले विगत झँै यस वर्ष पनि ‘त्रिशूली नदी बचाउ राष्ट्रिय अभियान’ सञ्चालन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नाराका महासचिव शेखरबहादुर थापाले बताउनुभयो ।
त्रिशूली नदीमा दिनानुदिन प्रदूषण बढ्दै गएको र नदी उत्खनन रोक्न सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो । नदीको अतिक्रमण र प्रदूषण नियन्त्रणका लागि सरकारले उचित नीति बनाएर राष्ट्रियस्तरमा नदी संरक्षणका कार्यक्रम लैजान जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।
त्रिशूली नदीको प्रदूषण नियन्त्रण गरी जलयात्रा क्षेत्रमा आकर्षक गन्तव्य बनाउने उद्देश्यले यही चैत ७ गते चितवनको फिस्लिङ–कुरिनघाटसम्म सरसफाइ गरिने जनाइएको छ । नेपाल साहसिक जलयात्रामा विश्वमा नै अग्र स्थानमा पर्दछ । धेरै नदीको उचित व्यवस्थापन हुन नसक्दा दिनप्रतिदिन प्रदूषित बन्दै गएका छन् । सरकारले १६ नदी जलयात्राका लागि खुला गरेको छ । नदीको प्रदूषण नियन्त्रण र वातावरण जोगाउन नाराले वर्षको एक पटक सरसफाइ कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा पर्यटन व्यवसायी, स्थानीय क्लब र संस्थालाई पनि सहभागी गराइने आयोजकले जनाएको छ । रासस
No comments:
Post a Comment