काठमाडौँ, २१ फागुन । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा माधवप्रसाद शर्माको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
उहाँलाई निमोनियाको शङ्का गरी गत आइतबार सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो ।
हाल उहाँलाई न्यून रक्तचाप, मिर्गौलामा समस्या देखिनुका साथै रगतमा सङ्क्रमण पनि देखिएको प्राध्यापक डा केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई अहिले सघनकक्षमा राखी उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment